
काठमाडौ,२३ पुस । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान थालेको सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
करिब ६१ ग्राम तौल बराबरको सुन जस्तो देखिने धातुको ढिक्का १ थान र औठी १ थानसहित चितवन, भरतपुर महानगरपालिका-१२ का २५ वर्षीय संजय तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

एयर इन्डियाको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट सुनसहित पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

