Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पडसरीमा भलिबल प्रतियोगिता सुरु
    खेलकुद

    पडसरीमा भलिबल प्रतियोगिता सुरु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २५, बिहीबार २२:२७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २५ पुस। रुपन्देहीको ओमसतिया गाउँपालिका-२ स्थित पडसरीमा खुल्ला नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । युथ क्लब अफ पडसरीले स्थापना दिवसको अवसरमा खेलकुदको प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको हो।

    कार्यक्रमको उद्घाटन गर्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले यस्तै किसिमको प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउँदै पालिकाबाट आवश्यक साथ सहयोग रहने बताए । 

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ओमसतिया गाउँपालिकाको उपाध्यक्ष सुनिता चौधरीले क्लबले धेरै राम्रो सामाजिक क्रियकलापहरु गर्दै आईरहेको भन्दै पालिकाले उच्च मूल्याङ्कन गरेको बताईन् । उनले प्रतियोगितामा विभिन्न स्थानबाट आएका खेलाडीहरुबीच सम्बन्ध स्थापित भई राम्रो हुने बताउँदै यस्तै प्रतियोगिताले पालिकामा विभिन्न विधाका लागि खेलाडीहरु उत्पादनमा सहयोग पुगेको जनाईन् ।

    उनले गाउँपालिकाको कार्यालयले पनि महिला भलिबल प्रतियोगिता आयोजना गरेको जनाउँदै यस भलिबल प्रतियोगिताले पनप खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरिन् । 

    कार्यक्रमलाई सम्बोधन गर्दै ओमसतिया गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष सितल जिटीले क्लबले स्थापनाकाल देखि नै रचनात्मक कार्य गर्दै आईरहेकोले स्वास्थ्यका लागि खेलकुदको निकै आवश्यक रहेको उल्लेख गरे । 

    ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले समृद्ध पालिका बनाउन र समाज रुपन्तारणमा क्लबले रचनात्मक कार्यहरु गर्दै अघि बढिरहेको बताए। उनले यस किसिमका कार्यक्रमहरुका लागि आवश्यक सहयोगका साथै पालिका सधै अघि रहने प्रतिवद्धता व्यक्त गरे ।

    युथ क्लब अफ पडसरीका अध्यक्ष सुरज मिश्राले क्लबले स्थापनाकाल देखि नै भलिबल प्रतियोगितालाई निरन्तरता दिदै आएको बताउँदै सामाजिक कार्यहरुका साथै खेलकुद क्षेत्रको प्रर्वद्धनमा लागिरहने बताए।

    तीन खेलमा तीनै टिमको सोझो सेटले जित

    प्रतियोगिताको पहिलो दिन बिहीवार भएको तीन वटा खेल तीनवटै टिमल सोझो सेटले जित हासिल गरेका छन्।आयोजक (युथ क्लब अफ पडसरी) बी र ओमसतिया गाउँपालिकाको कार्यालयबीच भएको पहिलो खेलमा आयोजक बी टिमले सोझो सेटले जित हासिल गरेको छ ।

    त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देही र अंचलपुर भलिबल क्लबबीच भएको दोस्रो खेलमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि सोझो सेटले विजयी भएको क्लबका उपाध्यक्ष डिबी घर्तीले बताए। यस्तै लाफा युथ क्लब बुटवल र एसवाई बिल्डर्स भलिबल क्लब, पाल्पाबीच भएको तेस्रो खेलमा लाफाले सोझो सेटले एसवाईलाई पराजित गर्दै खुशीयाली मनाएको छ। 

    तीन दिनसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद ४५ हजार, मेडल, ट्रफि, द्धितीयले नगद ३० हजार, मेडल, ट्रफि र तृतियले नगद १५ हजार रुपैयाँ, मेडल, ट्रफि प्राप्त गर्ने क्लबका सहसचिव एवं प्रतियोगिताका संयोजक जीवन श्रेष्ठले बताए । उनका अनुसार उत्कृष्ट खेलाडी, अनुशासन, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट लिबेरोलाई पनि मेडल र ट्रफि प्राप्त गर्नेछन् । 

    क्लबका कोषाध्यक्ष कपिल जिटीले प्रतियोगितामा रुपन्देही,पाल्पा, स्याङजा, बाग्लुङ लगायत स्थानका टिमहरुले सहभागिता जनाएको बताए। 

    क्लबको सचिव सुष्मा भुजेलको संचालन, उपाध्यक्ष प्रदिप थापा मरासिनीको स्वागत र क्लबका अध्यक्ष सुरज मिश्राको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्की, प्रहरी निरिक्षक महेन्द्र सेन, ओमसतिया गाउँपालिका वडा नं. २ का वडा सदस्य विक्रम यादव, राजुकमारी चौधरी, सुधा हरिजन, क्लबका सल्लाहकार केदारनाथ आचार्य, सचेतना आमा समूह पडसरीको अध्यक्ष सिता सुवेदी न्यौपाने लगायतको उपस्थिती रहेको थियो । 

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ओमसतिया गाउँपालिका भलिबल युथ क्लब अफ पडसरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.