
भैरहवा, २६ पुस । पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो बढेसँगै स्थानिय पालिकाहरुले न्यानो कपडा वितरण शुरु गरेका छन् । रुपन्देहीमा गत मंगलबारदेखि अत्यधिक चिसो बढेको छ । चिसोबाट जोगाउनका लागि रुपन्देहीको सियारी गाउँपालिकासहित अन्य पालिकाहरुले पनि न्यानो कपडा वितरणलाई प्रभावकारी बनाएका छन् ।
चिसो बढेपछि नागरिकको जनजिवन कष्टकर बनेपछि सियारीले नागरिकको घरदैलोमा पुगेर न्यानो कपडावापत कम्बल वितरण गरेको छ ।
Advertisement

Advertisement
Advertisement

चिसो बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले ७५ वर्षमाथिका र अति अशक्त नागरिकलाई कम्बल वितरण गरेको छ । सियारीले सबैजसो वडामा कम्बल वितरण गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
बढ्दो चिसोका कारण निम्न आयवर्गका पालिकावासी बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । चिसोका कारण सडकमा सर्वसाधरण देखि सर्वसाधरणको संख्या पातलिएको छ ।

