
हृदयराम गुप्ता
मर्चवार, २६ पुस। रुपन्देहीको मर्चवार क्षेत्रमा घुम्ती बन्धयाकरण शिविरमा ८५ जना लाभान्वित भएका छन् । मर्चवारको सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिकामा सम्पन्न भएको उक्त बन्ध्याकरण शिविरमा महिलाहरुले सेवा लिएपनि पुरुष संख्या शुन्य देखिएको छ ।
सम्बन्धित स्थानीय तहको आयोजना स्वास्थ्य कार्यालय रुपन्देहीको समन्वय र सुनौलो परिवार नेपाल (मेरीस्टोप्स)को प्राविधिक सहयोगमा रुपन्देही जिल्लाको हरेक स्थानीय तहमा संचालन हुने शिविरको मर्चवारबाट सुरु भएको छ ।
Advertisement

Advertisement
Advertisement

ग्त पुस १८ र १९ गते सम्मरीमाई ५ स्थित रोइनिहवा स्वास्थ्य चौकीमा सम्पन्न उक्त शिविरमा ३८ जना महिलाहरुले सेवा लिएको सम्मरीमाई गाउँपलिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले बताए ।
गत पुस २१ र २२ गते आधारभूत स्वास्थ्य केन्द्र मर्चवारी ५ महुवारीमा सम्पन्न बन्ध्याकरण शिविरमा २६ जना महिलाहरु बन्ध्याकरण सेवा लिएका मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले बताए ।
सोही क्रममा पुस २४ गते मझगाँवा स्वास्थ्य चौकी कोटहीमाई ५ बेनीनगरमा सम्पन्न बन्ध्याकरण शिविरमा २१ जना महिलाहरुलेसेवा लिएको कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामनेवास यादवले बताए ।
बन्ध्याकरण महिला र पुरष दुबैको लागि भएपनि महिलाहरुले मात्र गराउनुपर्ने गलत धारणले बन्ध्याकरण गराउने पुरुषको संख्या शुन्य रहेको इन्द्रेणी ग्रामिण विकास केन्द्र फेयर मेडको फिल्ड सुपरवाइजर कबिता पाण्डेयले बताइन् ।
सन्तानको चाहना पुरा भएको दम्पत्तीमा महिला वा पुरुष जो कोहीले बन्ध्याकरण गराएपनि हुने उनले बताइन् । तर, नियमति महिनवारीमा बढी रगत बगाउनुपर्ने डर र चेतनाको कमीले महिलाहरु मात्र बन्ध्याकरण गराउने परिपाटी रहेको फिल्ड सुपरवाइजर पाण्डेयले जनाइन् ।


