
काठमाडौ, २७ पुस । काठमाडौ प्रहरीले गत २८ दिनमा ८ सय २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट पक्राउ परेका फरार प्रतिवादीहरुलाई अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन र मङ्सिरमा दुई सय आठ फरार प्रतिवादी पक्राउ गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

अदालतले विभिन्न कसुरमा उनीहरुविरुद्ध चार करोड ८२ लाख ३६ हजार पाँच सय ८५ जरिवाना र एक सय ४३ वर्ष आठ महिना २६ दिन कैद फैसला गरेको थियो ।
कमेन्ट गर्नुस्

