Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पडसरी भलिबल प्रतियोगिता: गोलपार्क स्पोर्टसले उचाल्यो उपाधी
    खेलकुद

    पडसरी भलिबल प्रतियोगिता: गोलपार्क स्पोर्टसले उचाल्यो उपाधी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २७, शनिबार २१:०९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२७पुस।रुपन्देहीको ओमसतिया गाउँपालिका-२ स्थित पडसरीमा आयोजित तेस्रो खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधी गोलपार्क स्पोर्टस क्लबले उचाल्न सफल भएको छ।

    युथ क्लब अफ पडसरीद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको फाईनल खेलमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई सोझो सेटले पराजित गर्दै गोलपार्कले पडसरी भलिबलको उपाधी उचाल्न सफल भएको हो।जससँगै प्रहरी टोलीले उपविजेतामै चित्त बुझाउनु परेको छ। फाईनल खेलको पाँच सेट मध्ये लगातार तीन सेटको जितसँगै गोलपार्क विजयी भएको युथ क्लब अफ पडसरीका उपाध्यक्ष डिबी घर्तीले बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    विजेताको उपाधीसँगै गोलपार्क स्पोर्टस क्लबले ४५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ।त्यस्तै उपविजेता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ३० हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने तृतिय भएको स्थानीय टिम कर्मज्योती युवा क्लबले १५ हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको क्लबका कोषाध्यक्ष कपिल जिटीले बताए।

    त्यस्तै प्रतियोगिताको विधागत तर्फ उत्कृष्ट खेलाडी गोलपार्क स्पोर्टसका दिपेन्द्र कार्की, अनुशासित खेलाडी कर्मज्योती युवा क्लबका दिपक गुरुङ, उत्कृष्ट स्पाईकर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका फारम बुढा मगर, उत्कृष्ट ब्लकर गोलपार्कका सौरव सारु मगर घोषित भए।

    ट्रफीसँगै प्रतियोगिताका विजेता गोलपार्क स्पोर्टस क्लबका खेलाडीहरु ।

    यस्तै उत्कृष्ट सेटर गोलपार्कका राजन तरामु मगर, उत्कृष्ट लिवेरो गोलपार्ककै नरेन्द्र रोक्का मगर घोषित भएका छन् । यी खेलाडीहरुलाई ट्रफि र मेडल प्रदान गरिएको क्लबका सहसचिव एंव प्रतियोगिता संयोजक जीवन श्रेष्ठले बताए। 

    प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै क्लबका सल्लाहकार केदारनाथ आचार्यले स्थापनाकाल देखि नै आफ्नो अस्तित्वलाई उचाईमा पुर्याउँदै ओमसतिया गाउँपालिकामा गहनाको रुपमा क्लब स्थापित भएको बताए। उनले खेल मानवजीवनका लागि औषधीको रुपमा रहेको उल्लेख गर्दै जीवनलाई उत्कृष्ट र शरीर स्वास्थ राख्न खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए।

    ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सितल जिटीले क्लबले स्थापनाकाल देखि नै रचनात्मक कार्यहरु गर्दै आईरहेको बताउँदै अगामी दिनहरुमा पनि क्लबले खेल क्षेत्रको प्रर्वद्धन गर्दै समाजको हितमा विभिन्न कार्यहरु गर्दै जानेमा विश्वास व्यक्त गरे।

    क्लबका अध्यक्ष सुरज मिश्राले प्रतियोगिता सम्पन्न गराउनका लागि सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै क्लबले आगामी दिनहरुमा पनि खेल क्षेत्रको प्रर्वद्धनका साथै समाजको विकासका लागि निरन्तर सामाजिक क्रियाकलापहरु गर्दै जाने बताए ।

    ट्रफीसँगै प्रतियोगिताको उपविजेता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका खेलाडीहरु ।

    क्लबका सचिव सुष्मा भुजेलको संचालन र अध्यक्ष सुरज मिश्राको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ओमसतिया-२ का वडासदस्य कलाधर लम्साल, क्लबका सल्लाहकार खडानन्द अधिकारी, समाजसेवी क्यापेटन बुद्धि बहादुर जिटी, सचेतना आमा समूह पडसरीको अध्यक्ष सिता सुवेदी न्यौपाने, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक अमृता केसी, क्लबका पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो। 

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    गोलपार्क स्पोर्टस क्लब जिल्ला प्रहरी कार्यालय रुपन्देही पडसरी भलिबल युथ क्लब अफ पडसरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.