
भैरहवा, २७ पुस । विश्वकै प्रसिद्ध संचारमाध्यम द न्यूयोर्क टाइम्सले विश्वका गन्तव्य सूचीमा शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि समावेश गरेको छ ।
हालै सार्वजनिक गरिएको विश्व ५२ गन्तव्य स्थलमध्ये न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौं स्थानमा राखेको छ । सन् २०२५ मा जाने ५२ स्थानहरु शिर्षकमा ‘नयाँ वर्षले कहाँ लैजान्छ ? हाम्रो वार्षिक सूचीबाट मनपर्नेहरू चयन गरेर आफ्नो यात्रा योजनाहरू सुरु गर्नुहोस्’ भन्दै विश्वका ५२ गन्तव्य स्थलहरुबारे संक्षिप्त जानकारीका साथ न्यूयोर्क टाइम्सले सूची सार्वजनिक गरेको छ ।
Advertisement

Advertisement
Advertisement

लुम्बिनीको ऐतिहासिक महत्वसहितको जानकारी समेत वेभसाइटमा राखिएको छ । गन्तव्य सूचीमा परेकोले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

