


भैरहवा,२८पुस। नेपालको बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ । सुनको मूल्य शुक्रबारको कारोबार मूल्यको तुलनामा प्रतितोला १६०० ले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा आज प्रतितोला १५ रुपैयाँले बढेको छ। आज सुन प्रतितोला १ लाख ५५ हजार ७ सयमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रति तोला १ लाख ५४ हजार एकसयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ८ सय ६० कायम गरिएको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ मा कारोबार भएको थियो।

