
बाँके,२९ पुस। प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-६ का २२ वर्षीय अर्जुन थारु र कैलाली गोदाबरी नगरपालिका-२ तेघरीका २१ वर्षीय कमल खड्का रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्राम सहित थारु र लौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय १० मिलिग्राम सहित खड्का पक्राउ परेका हुन् ।
Advertisement

Advertisement
Advertisement

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

