
कैलाली, २९ पुस। कैलालीको बर्दगोरिया गाउँपालिकाबाट ११ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । पालिकाको वडा नं. ३ खैरेनीस्थित जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सडकपुरले जनाएको छ ।
गएराति प्रहरीले उनीहरुलाई नगद ६२ हजार ८ सय ५५ रूपैयाँ र १० थान मोबाइलसहित पक्राउ गरेको हो । घटनाको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

