


भैरहवा, ४ माघ। रुपन्देहीमा कुटपिटबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका ४० वर्षीय निष्ठुरी केवट रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका-७ हिरागञ्जस्थित न्यू कामना ईँटा उद्योगमा परिवारसहित कार्यरत रहेका केवट र उद्योगमै ट्याक्टर चालकको रुपमा कार्यरत सियारी गाउँपालिका-६ का १९ वर्षीय कृष्ण केवटबीच वादविवाद भई कुटपिट भएको थियो ।

झैझगडामा कृष्णले ईँटाले हान्दा गम्भिर घाइते भएका निष्ठुरीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा बिहीवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले बताए ।
आरोपी कृष्णलाई पक्राउ गरेर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

