
भैरहवा, ४ माघ। नेपालको स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । शुक्रवार सुन १ हजार ३ सयले बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीवार सुन प्रतितोला तोलामा १ हजार २ सय बढेर तोलाको १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको थियो । बुधबार ४ सयले बढेर १ लाख ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी १० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । बिहीबार ८० ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

