
भैरहवा, ७ माघ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डस्थित प्रहरीले एक युवकमाथि निर्घात कुटपिट गरेका छन् ।
‘को लाई फोन गरेको ? पावर देखाएको ?’ भन्दै प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर बुटैबुटले हानेको समाजिक संजालमा भाइरल भएको भीडियोमा देखिएको छ ।
Advertisement

Advertisement
Advertisement

भीडियो अनुसार प्रहरीबाट जोगिन ती युवक भाग्न खोज्छन् । तर प्रहरीले लात्तीले हानेर युवकलाई बिजुलीको पोल छेउमा लडाउँछन् । युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।
सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नेले सो घटना चितवनको भनेका छन् । चितवनका एसपी गौतम मिश्रका अनुसार डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी उक्त घटनाको छानबिन थालिएको छ ।
उनले घटनाको आवश्यक अनुसन्धान गरेर दोषीउपर कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।

