
भैरहवा,७ माघ। चितवनको भरतपुर महानगपरपालिका–११ स्थित बसेनी चोकमा गस्ती गर्ने क्रममा प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको प्रकरणमा संग्लन प्रहरी कर्मचारी उपर विभागीय कारवाही प्रक्रिया अगाडी बढेको नेपाल प्रहरीले जनाएको छ ।
सोमबार नेपाल प्रहरीले एक सूचना जारी गर्दै प्रहरीले कुटपिट गरिरहेको भीडियो सामाजिक संजालमा सार्वजनिक भएको विषयमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सूचनामा भनिएको छ–‘पदीय मर्यादा र आचरणमा विपरीतका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने नेपाल प्रहरीको नीति अनुरुप घटनाको सत्य-तथ्य जाँचबुझ गर्ने प्रयोजनार्थ जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन समिति गठन गरी घटनामा संग्लन प्रहरी कर्मचारी उपर विभागीय कारवाही प्रक्रिया अगाडि बढाइसकेको …।’
चितवनको भरतपुर महानगपरपालिका ११ स्थित प्रहरीले ‘को लाई फोन गरेको ? पावर देखाएको ?’ भन्दै एक युवकमाथि निर्घात कुटपिट गरेको भीडियो सोमबार बिहान सामाजिक संजालमा भाइरल भएको थियो । त्यसलग्त्तै प्रहरीले छानबिन समिति गठन गरी संग्लन प्रहरी उपर कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

