


काठमाडौं,७ माघ । टर्कीमा अवैध रुपमा बसेका पाँच जना नेपालीलाई त्यहाँबाट निष्काशन गरिएको छ । अवैध रुपमा बसेका पाँच नेपालीलाई टर्कीको अध्यागमनले पक्राउ गरी निष्काशन गरेको हो ।
निष्काशित भएर गत गत शनिबार टर्किस एयरलाइन्सको विमानबाट जीवन राज आङदाम्बे, राजु सुनुवार, गोविन्द श्रेष्ठ, नरध्वज थारु र श्रीष थापा काठमाडौं आइपुगेको बताइएको छ ।

टर्कीमा रहँदा उनीहरुको कुन काम गरेको विषयमा खुलेको छैन भने ट्राभल डकुमेन्ट बनाएर उनीहरु नेपाल आएका हुन्। उनीहरुलाई मानव तस्करको सञ्जालले त्यहाँ अलपत्र पारेको हुने सक्ने आशंका गरिएको छ ।

