
भैरहवा,७ माघ। चितवनको भरतपुर महानगपरपालिका–११ स्थित बसेनी चोकमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धि बहादुर घर्ती भुजेललाई विभागीय कारवाही गरिएको छ ।
फोन चलाइरहेको युवकलाई ‘को लाई फोन गरेको ? पावर देखाएको?’ भन्दै निर्घात कुटपिट गरेको भीडियो सोमबार बिहान सामाजिक संजालमा भाइरल भएपछि घटनामा संग्लन गणेशस्थान प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक भुजेललाई विभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

चितवनका एसपी गौतम मिश्रका अनुसार घटना गत पुस १५ गतेको हो । ‘घटनाले प्रहरीको आचरण विपरीत र प्रहरीको प्रतिष्ठामाथी आँच आएको देखिएको छ’,उनले भने,‘यसले प्रहरी प्रति नकारात्मक धारणा बनाइरहेको अवस्था छ । जसकारण हामीले संग्लन प्रहरीलाई निलम्बन कारवाही गरेका छौँ ।’
उनले घटनाको थप अनुसन्धानका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेर प्रक्रिया अगाडी बढाइएको बताए ।

