Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मर्चवार लिफ्ट सिँचाई : ब्लक निर्वाचनमा विवाद, प्रहरी सुरक्षामा राखियो मतपेटिका
    प्रमुख समाचार

    मर्चवार लिफ्ट सिँचाई : ब्लक निर्वाचनमा विवाद, प्रहरी सुरक्षामा राखियो मतपेटिका

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ माघ ८, मंगलवार १२:५२ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता
    मर्चवार, ८ माघ । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको निर्वाचनको पहिलो दिनमै विवाद भएको छ ।निर्वाचनको पहिलो चरण्मा माघ ३ गते ४ वटा ब्लकको निर्वाचन पछि भएको विवादले मतगणना स्थगित भई मतपेटिका प्रहरीको सुरक्षामा राखिएको छ ।

    माघ ३ गते सम्पन्न ब्लक नं.१, २, २ बी र २४ बी को मतदानपछि मतगणनाको लागि सहमति जुट्न नसक्दा मतगणना हुन नसकेको निर्वाचन अधिकृत तथा सिँचाई डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर विवेक साहले जानकारी दिए । ब्लक नं.१ मा १ सय १ मत, ब्लक नं. २ मा ८७, ब्लक नं. २बी मा ६६, ब्लाक नं.२४ बीमा ४५ मत गरी कुल २ सय ९९ मतको मतगणना स्थगित गरिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    संस्थाको ब्लक नं. २४बी का उम्मेदवार राजेन्द्र यादवले खेत नै नभएको ब्यक्तिले निर्वाचनमा मतदान गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने,‘खेत बुवाको नाममा छ, तर छोरा र नातीहरुको नाममा पानी शुल्क भुक्तानी रसिद काटेर फर्जी मातदाता ठड्याइएको छ ।’

    आफ्नो खेत बिक्री गरीसकेका व्यक्तिलाई पनि मतदाता बनाइएको उनको आरोप छ । ‘मतदाता नामावलीको हामी पहिलै बिरोध गरेका थियौँ र फर्जी नाम हटाउने भनेका थियौ तर मतदान गर्ने बेलामा सोही फर्जी व्यक्तिहरु मतदान गरेकोले उक्त मतदान प्रति हाम्रो आपत्ती छ’, उनले भने, त्यसैले मतगणनाको लागि असहमत छौँ ।’ त्यस्तै ब्लक नं.२५ मा ७४ जनाको स्थानमा फर्जी रसिद काटेर १ सय ७४ जना मतदाता बनाइएको उनको आरोप छ ।

    निर्वाचन प्रकृयामा सहभागी भएका दुई पक्षको सहमति अनुसार निर्वाचन सम्पन्न भएपछि दुई पक्षको विवादका कारण गणना प्रकृया केहीदिनका लागि स्थगित गरिएको निर्वाचन अधिकृत साहले बताए ।

    ‘निर्वाचनको लागि प्रकाशन भएको नामावली र मतदान प्रक्रियामा पनि दुबै पक्षको सहमतिमा थियो’,उनले भने,‘मतदान पछि मतपेटिका शील गर्न सुरक्षित गर्नपनि दुबै पक्षको सहमती थियो । पछि मतगणनाको बेला दुबै पक्षले अनेक किसिमको आरोप लगाउँदै असहमति जनाएकोले मतगणना हुन सकेन ।’

    रात परेपछि मतदाता भन्दा बाहिरको भीडले मतपेटिका जलाउने र मार्ने धम्की दिन थालेपछि तत्कालको लागि मतगणना स्थगित गरी मतपेटिका सुरक्षित तरिकाले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस करौता (दुईमोहान)मा राखिएको निर्वाचन अधिकृत साहले बताए ।

    त्यसैगरी सोही दिन ब्लक नं. २४ र ब्लाक नं. २६ मा निर्वाचन सम्पन्न भएको छ ।जसमा सदिक अली मुसलमान र बिरेन्द्र यादव निर्विरोध ब्लक अध्यक्ष भएको निर्वाचन अधिकृत साहले बताए ।

    विवादित भई मतगणना स्थगित भएको ब्लक नं. १ मा चिनगुद चौधरी, सुभान खान र स्माइल मुसलमान, ब्लक नं. २ मा इन्ताफ मुसलमान, सुर्यनाथ यादव, ब्लाक नं. २बी मा सुग्रीम यादव, प्रमानन्द चौहान, ब्लक नं. २४बी मा राजेन्द्र यादव र आशिक अली धुनिया प्रतिस्पर्धी रहेको निर्वाचन अधिकृत साहले जानकारी दिए ।

    कुल १ सय ३० ब्लक संख्या रहेको मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्थामा १ हजार ७ सय १० मतदाता छन्। माघ ३ गते देखि सुरु भएको ब्लकको निर्वाचनपछि मूल समितीको निर्वाचन हुने कार्यालयको जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ब्लक निर्वाचन मर्चवार मर्चवार लिफ्ट सिँचाई सिँचाई डिभिजन कार्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.