
भैरहवा, ९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको ईजलासमा हुने भएको छ ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उनी अदालतमा उपस्थित भएका हुन् ।
Advertisement

Advertisement
Advertisement

ईजलास अधिकृतले मुद्दामा बयानका लागि मिसिल अध्ययन गरिररहेकोले लामिछानेको बयान केही समयमा सुरु हुने बताईएको छ ।
अदालतको वेभसाईटमा उल्लेख भए अनुसार नारायण बहादुर पहराई समेतको जाहेरी नेपाल सरकार वादी रहेको सहकारी ठगी र संगठित अपराध मुद्दामा रविना रिमालसमेत २२ जना प्रतिवादी छन् ।

