
सुर्खेत, १० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नीतिगत रुपमा वर्तमान सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ सही नभएको बताएका छन् ।
सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफ्नो पार्टी सरकारमा जानका लागि कुनै रुचि नभएको भन्दै सरकार बनेदेखि नै भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गरे । उनले यति हुँदा पनि आफूहरु सरकार ढाल्ने प्रक्रियामा नरहेको बताए ।
Advertisement

Advertisement
Advertisement

देशको राजनीति सहज नदेखिएको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको उनको भनाइ छ ।
संसदमा प्रवेश गरिसकेका र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुका सट्टा संवैधानिक तथा लोकतान्त्रिक विधिलाई मिचेर मन्त्रीपरिषदबाट नमिल्ने काम गरीे दुससाहस भएको भन्दै उनले असन्तुष्टि जनाए ।

