


भैरहवा, १० माघ । भारतमा महाराष्ट्र प्रदेश जलगांवस्थित भएको रेल दुर्घटनामा चार नेपाली नागरिक सहित ल१३ जनाको मृत्यु भएको छ । साथै, दुर्घटनामा चार नेपालीसहित १० जना घाइते भएका छन् ।
रेलमा आगलागी भएको हल्ला भएपछि यात्रुहरुले रेलको अर्को लिकमा हामफालेका थिए । उक्त लिकमा अर्को रेल आउँदा दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

रेल दुर्घटनामा नेपालका ४३ वर्षीया कमला नविन भण्डारी, ४० वर्षीया लछ्छीराम पासी, र सूदुरपश्चिम प्रदेशको ६० वर्षीया जाभाकाला भाटे जयकाडी र कोशी प्रदेशका ११ वर्षीय बालक हिमु नन्दराम विश्वकर्माको मृत्यु भएको कलेक्टर एवं डीएम (प्रमुख जिल्ला अधिकारी) कार्यालय, जलगांवले जनाएको छ ।
बुधवार साँझ भएको रेल दुर्घटना पछि जलगांव प्रशासनले महाराष्ट्र सरकारका अतिरिक्त मुख्यसचिवलाई मध्यरातमा दुर्घटनाको प्राराम्भिक रिपोर्ट पत्र पठाएको थियो ।
स्रोतबाट क्लिक लुम्बिनीलाई प्राप्त उक्त पत्र अनुसार अनुसार अछामको मङ्गलसेन नगरपालिकाका ३८ वर्षीया ह्यूजाला सावन्त, सोही पालिकाका ८ वर्षीय बालक धर्म बहादुर सावन्त, दैलेखको दुल्लू नगरपालिकाका ३८ वर्षीय दीपक थापा र सोही स्थानका २५ वर्षीय मन्जु परियार रहेका छन् ।
यस मध्ये बालक सावन्त र मन्जु परियार गम्भिर घाइते छन् । सावन्तको पचोरास्थित भिगनाहरता अस्पताल उपचार भइरहेको छ भने परियारको गोदवारी अस्पतालमा उपचार भइरहेको जलगांव प्रशासनले जनाएको छ । मृतक १३ जनामध्ये बुधवार साँझ मध्यरातसम्म ६ जनाको सनाखत भएको थिएन ।
हेर्नुहोस् सूचीसहितको पत्रः




