
भैरहवा,१२ मा । नेपाल प्रहरीका १८ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) हरुको सरुवा भएको छ । शुक्रवार गृहमन्त्री रमेश लेखकको निर्णयले नेपाल प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा गरेको हो ।
मध्यरातमा निकालिएको सरुवा सूची अनुसार प्रहरी प्रदेश कार्यालय पोखरामा कार्यरत रहेका एसएसपी दिपक रेग्मीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौडामा दरबन्दी भएका एसएसपी विश्व अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा बनाईएको छ ।
Advertisement

Advertisement
Advertisement

काठमाडौँ परिसरमा कार्यरत वसन्त रजौरेलाई प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा पठाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी दिइएको छ। उपत्यका कार्यालयका सानुराम भट्टराईलाई प्रहरी प्रधान कार्यालयको अन्र्तारष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा गरिएको छ ।
एसएसपी दीपेन्द्र घर्ती क्षेत्री (जिसी) लाई मानव बेचबिखन अनुसन्धान ब्युरो, ओम बहादुर रानालाई अख्तियार, दीपक कुमार बस्नेतलाई नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज, गंगा पन्तलाई कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा विरेन्द्रनगरमामा सरुवा गरिएको छ ।
त्यस्तै माधव प्रसाद श्रेष्ठलाई लुम्बिनी प्रदेश प्रहरी तामिल केन्द्र बुटवल, भूपेन्द्र बहादुर खत्रीलाई नेपाल प्रहरी शिक्षालय भरतपुर, नान्तीराज गुरुङलाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा सरुवा गरिएको छ ।
हेर्नुहोस् सरुवा सूची:




