
भैरहवा, १२ माघ। नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । तीन अघि मात्रै चितवनको जिम्मेवारी सम्हालेका गौतम मिश्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरिएको छ ।
एसपी रामेश्वर कार्कीलाई सिन्धुपाल्चोकको प्रमुख बनाएर पठाईएको छ भने चितवनको कमाण्ड राजन लिम्बुलाई दिईएको छ । त्यस्तै दुर्गाराज रेग्मीलाई नुवाकोट, सन्तोष तामाङलाई बारा रसुरेश काफ्ले सर्वोच्च अदालतस्थित सुरक्षा प्रहरी इकाई, सुवास बोहरालाई सशस्त्र प्रहरी गण नक्सालमा सरुवा गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिल बोहरा, जिल्ला प्रहरी कार्यालय इलाममा एकनारायण कोइराला र सामाखुसीस्थित पहरा गणमा कमल थापालाई पठाइएको छ । पर्सामा कार्यरत कुमोध ढुंगेललाई प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा काज सरुवा गरिएको छ ।
हेर्नुहोस् सरुवा सूची:




