
दाङ,१३ माघ । दाङको तुलसीपुरस्थित एनएमबी बैंकमा चोरी गर्न लाग्दालाग्दै एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर–१८, दुधराशका २७ वर्षीय सन्तोष चौधरी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार राति २ बजे बैंकको गेटको ताला तोडेरभित्र पसिसकेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बैंक चोरी हुन थालेको सूचना पाएपछि प्रहरी टोलीले चौधरीलाई ताला तोड्ने हथौँडा, छिना र पिलाससहित पक्राउ गरेको छ । साथै, आरोपीले प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटर पनि बरामद भएको उनले बताए ।
चौधरीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

