Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » खेल क्षेत्रको समग्र विकास लुम्बिनी सरकारको उच्च प्राथमिकतामा: मुख्यमन्त्री
    खेलकुद

    खेल क्षेत्रको समग्र विकास लुम्बिनी सरकारको उच्च प्राथमिकतामा: मुख्यमन्त्री

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ माघ १५, मंगलवार १७:५६ गते
    advertisement
    advertisement
    advertisement

    तुलसीपुर, १५ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् । अमर माध्यमिक विद्यालय, उरहरिमा आयोजना गरिएको रनिङशिल्डको मुख्यमन्त्री आचार्यले मंगलबार उद्घाटन गरेका हुन् ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए। ‘प्रदेश सरकारले खेल क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको छ । खेलका विविध विधाहरु छन् । ति विधाहरुलाई समान रुपमा प्रदेश सरकाले प्राथमिकतामा राखेर कार्यक्रमहरुमा जोड दिएको छ’, उनले भने, ‘खेल क्षेत्रबाटै देशको नाम चिनाउन सकिएको छ । खेलाडीहरुको आकर्षण बढ्दो छ । सरकारले यो आकर्षणलाई कायम राख्न पूर्वाधार थप गर्ने कुरालाई प्राथमिकतामा राखेको छ भने खेलाडिहरुको क्षमता बढाउने र नियमित प्रतियोगिताको वातावरण तयार पारेको छ ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि तथा नियमित प्रतियोगिताहरूको आयोजना प्रदेश सरकारका मुख्य प्राथमिकता भित्र पर्ने उल्लेख गरे । उनले खेलकुद क्षेत्रले केवल शारीरिक र मानसिक विकास मात्र नभई आर्थिक विकास, पर्यटन प्रवद्र्धन र व्यावसायिक खेलाडी उत्पादनमा समेत ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

    ‘नेपालमा आयोजना भएका खेल प्रतियोगितामा विदेशबाट पनि मानिसहरु हेर्न आउनुभयो । यसले खेल पर्यटनको सम्भावनालाई जागृत गरेको छ’, उनले एनपिएलप्रति लक्षित गर्दै भने, ‘आर्थिक समृद्धिको आधारको रुपमा खेल क्षेत्रलाई सरकारले लिएको छ ।’

    खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । खेलकुदले युवाहरूलाई अनुशासन, परिश्रम र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत गरेको समेत जनाए । मुख्यमन्त्री आचार्यले खेलकुदलाई पर्यटन प्रवद्र्धनसँग जोडेर स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्र बनाउने योजना अघि सारिएको जानकारी दिए ।

    प्रदेश सरकारले स्थानीय खेल प्रतिभाहरुको पहिचान र उनीहरूको उचित व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाई छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्दै युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्य लिएको छ । यो प्रतियोगिता खेलाडीहरूको सीप र आत्मविश्वास अभिवृद्धिका लागि महत्वपूर्ण मञ्च बन्ने विश्वास लिइएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    चेतनारायण आचार्य लुम्बिनी प्रदेश
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.