


काठमाडौ, १५ माघ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई थुनामुक्तको माग गर्दै दर्ता भएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश डा.कुमार चुडालको इजलासले पाण्डेलाई थुनामा राख्नुको कारण सोधेको हो। गैरकानुनी रुपमा थुनामा राखेको भन्दै पाण्डेकी श्रीमती मञ्जु पाण्डेले गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय, गृह मन्त्रालय, काठमाडौँ जिल्ला अदालत ,महान्यायाधिवक्ताको कार्यालय ,काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय,काठमाडौँ जिल्ला प्रहरी परिसर र सर्वोच्च अदालतलाई विपक्षी बनाउँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डे गत बैशाख २० गते पक्राउ परेका थिए।

