
भैरहवा, १५ माघ। भैरहवाको युनिभर्सल मेडिकल कलेज अफ शिक्षण अस्पताल (युसियमयस), ‘नशा तथा मानसिक रोग विभाग’को २४औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रममा आवासीय चिकित्सक डा.अभिज्ञा कोइरालाले मानसिक स्वास्थ्यको महत्व र चुनौती सम्बन्धमा प्रस्तुतीकरण गरेकी थिइन् । डा.अनमोलबन्धु कार्कीले युसियमयसमा ‘नशा तथा मानसिक रोग विभाग’ को स्थापना, संक्षिप्त इतिहास तथा भावी योजनाका सम्बन्धमा प्रकाश पारेका थिए ।
Advertisement

Advertisement
Advertisement

युसियमयसमा नशा तथा मानसिक रोग विभागको स्थापना २५ जनवरी २००१ मा भएको थियो । गत आर्थिक वर्षमा विभागले ओपिडी सेवा मार्फत् करिब ३३ हजार ६४५ जना विरामीहरुको उपचार गरेको छ । जसमा ४२ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला छन् । यस्तै सोही अवधिमा करिब १ हजार ९७ विरामी अस्पतालमा भर्ना भई उपचार गरिएको थियो । यसमध्ये अधिकांश विरामीहरु २१ देखि ३० वर्ष उमेर समूहका रहेको अस्पतालले जनाएको छ ।
विभागले यस वर्षदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक ई.सि.टी. सेवा र आई.क्यु. परीक्षण सेवाका बारेमा समेत कार्यक्रममा प्रकाश पारिएको थियो । विभागले आगमी दिनमा बालबालिका तथा वयष्कहरुको मानसिक स्वास्थ्य, छारे रोग, लागूऔषध कुलत तथा पुनस्र्थापना लगायतका विषयमा अझ विशिष्ट परामर्श तथा उपचारका लागि ‘विशिष्ट क्लिनिक’सञ्चालनमा ल्याउने जनाएको छ ।
कार्यक्रममा युसियमयस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पी.एस.ले विभागको प्रगति सन्तोषजनक रहेको, अगामी दिनमा यसको विकास र विस्तारमा अस्पतालले अझ बढी लगानी गर्ने बताए ।
डा.कञ्चन गिरी र डा.मोहम्मद नसिम अकरम मिकरानीको संयुक्त संचालनमा सम्पन्न भएको कार्यक्रममा युसियमयसका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा अस्पतालका प्रमुख कार्यकारी अधिकृत पीएसको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, डा.सन्जिव शाह, डा.श्रेया पौडेल लगायतको उपस्थिती थियो ।

