


काठमाडौ, १६ माघ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको बताएका छन्। बुधवार नेपाल स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन उद्घाटन गर्दै उनले निजी क्षेत्रले विश्व बजारसँग सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिएको बताए ।
उनले भने, ‘मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ।’

पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको उनको भनाई छ। युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिएकोमा उनले प्रशंसा गरे।

