
बुटवल, १८ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्न सके रोजगारीका लागि विदेश जाने सपना देख्नु नपर्ने बताएका छन् ।
न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११ को ३५ औं वार्षिकोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशकै भुमिमा अवसरहरुको सृजना गर्न नव प्रवर्ततनको क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरु रहेकोले रोजगारीका लागि विदेश जाने सपना देख्नु नपर्ने बताएका हुन् ।
Advertisement

Advertisement
Advertisement

लुम्बिनी प्रदेशको समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले बिशेष योजना निर्माण गरेको उनले जनाए ।
न्यू होराइजन विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई बहुसरोकार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्याएकोले यस विद्यालयबाट सामुदायिक तथा संस्थागत विद्यालयहरुले धेरै कुरा सिक्न सक्ने र विद्यालयलाई एउटा अध्ययन केन्द्रको रुपमा अघि बढाउन आवश्यक रहेको उनको भनाई छ।

