


काठमाडौ, १८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निलम्बन भएको सांसद पद फुकुवाको माग गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठक बस्नुअघि संघीय सचिवालय लामिछानेले निलम्बन फुकुवाको मागसहितको निवेदन दिएका हुन्।
उनले आफूलाई गरेको निलम्बन कानुन सम्मत नभएको दावी गर्दै निलम्बन फुकुवा गरिदिनुपर्ने सभामुखसँग आग्रह गरेका छन् । तर, सभामुख घिमिरेले विद्यमान कानुन,संसद नियमावली,अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको जवाफ दिएका थिए।

लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा चलेपछि संसद सचिवालयले गत पुस ८ गते सूचना जारी गर्दै लामिछानेको प्रतिनिधिसभा सांसद पद निलम्बन गरेको जानकारी गराएको थियो।

