
झापा, २०माघ। झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ताहरुले दमक–६ स्थित गणतन्त्र चोक टायर बालेर सडक अवरोध गर्न खोजेपछि बन्दकर्ता र प्रहरीबीच झडप भएको हो ।
प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय दमकले केही बन्दकर्ताहरुलाई पक्राउ गरेपछि दुवै पक्षबीच झडप भएको थियो । यातायात अवरुद्ध पार्न खोज्दा तनावग्रस्त स्थितीलाइ नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गरिएको झापाका डीएसपी कृष्णकुमार चन्दले बताए। हाल सवारीसाधनहरु वैकल्पिक बाटोबाट आवतजावत गरिरहेको बताइएको छ।

