
भैरहवा, २० माघ । सिद्धार्थनगर नगरपालिकामा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलको उपाधि सिद्धार्थनगर नगरपालिका कार्यालयको कर्मचारी टिमले उचालेको छ।
सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवसको अवसरमा आइतबार भैरहवास्थित पक्लिहवा माविको खेलमैदानमा आयोजना गरेको मैत्रीपूर्ण खेलको उपाधि कर्मचारी टिमले उचालेको हो।
Advertisement

Advertisement
Advertisement

फाइनलमा नगरपालिकाका जनप्रतिनिधिको टीमलाई १० विकेटले पराजित गर्दै कर्मचारीको टिमले उपाधि उचाल्न सफल भएको हो । टस जितेर ब्याटिङ रोजेको जनप्रतिनिधिको टिमले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कर्मचारीको टिमले ५ ओभर ४ बलमा बिना क्षति सहजै जित निकाल्यो । खेलमा ३ विकेट लिएका कर्मचारी टिमका जनक थापा प्लेयर अफ द फाइनल घोषित भए ।
यसअघि जनप्रतिनिधि र कर्मचारीको टिमले लुम्बिनी प्रेस क्लबलाई पराजित गर्दै सेमिफाइनल र फाइनल पुगेका थिए । पहिला ब्याटिङ गरेको प्रेस क्लबले १० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनाएको थियो । कर्मचारीको टिमले बिना क्षति ५ ओभर १ बलमा लक्ष्य पूरा गरी १० विकेटले जीत निकालेको थियो । त्यसअघि जनप्रतिनिधिको टिमले प्रेस क्लबको टिमलाई २६ रनले पराजित गरेको थियो ।
नगरपालिकाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिरहेको छ । नगरपालिकाले यही माघ २२ गते मंगलबार स्थापना दिवस मनाउँदैछ
स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण क्रिकेट सम्पन्न भएको छ भने महिला कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता पनि आयोजना गरिएको खेल संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिए।

