
काठमाडौ, २२ माघ । विश्व क्यान्सर दिवसको अवसर पारेर मंगलबारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ लगाउन थालिएको छ। माघ २२ देखि फागुन ६ गतेसम्म विद्यालय केन्द्रित खोप अभियान थालिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको शुभारम्भ गरेका छन् ।
Advertisement

Advertisement
Advertisement

देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप लगाइने सरकारको लक्ष्य छ ।

