
परासी, २२ माघ । नवलपरासी पश्चिमा लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्ध जिल्लाव्यापी अभियानको सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको संयुक्त आयोजनामा ‘नो टू ड्रग्स’, ‘ड्रग्स् इन्ड अल ड्रिम्स’, स्वास्थ्य र सुरिक्षत समाज हाम्रो पहिचान र सबैको अभियान सबैको योगदान भन्ने मूल नाराका साथ अभियानको सुरुवात गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक मञ्च लगायतको सहभागिता शुभारम्भ गरिएको अभियान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले लागुऔषध सम्बन्धि जिल्लाको अवस्था, अभियानको उद्देश्य, अभियानमा गरिने क्रियाकलापहरु र सरोकारवालाहरुसँग लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि निभाउनु पर्ने भुमिका लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
Advertisement

Advertisement
Advertisement

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लामा लागुऔषध विरुद्ध अभियानको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक शिव क्षेत्रीले बताए । अभियान अन्र्तगत जिल्लाको ७४ वटै वडामा अभिमुखिकरण कार्यक्रम, शैक्षिक संस्था केन्द्रित सचेतना कार्यक्रम, लागुऔषध सेवन तथा प्रयोगकर्ताका अभिभावकसँग अन्तरक्रिया, दुव्र्यसनीहरुलाई मनोसामाजिक परामशए तथा प्रेषण, औषधी पसलको अनुगमन तथा निगरानी गरिने प्रहरीले जनाएको छ ।
त्यस्तै शंकास्पद स्थानहरुमा स्वीप अपरेशन र आकस्मिक चेकजाँच, मिडियासँग परिसंवाद, सचेतनामुलक प्रचार सामाग्री वितरण र सीमा क्षेत्रमा होल्डिङ सेन्टर स्थापना तथा संचालन गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

