


काठमाडौं, २२ माघ। प्रहरीले काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भु को ५८ वर्षीया मैयाँ तामाङ गुरूङ रहेको प्रहरीले जनाएको छ ।
थाई एयरको उडानद्वारा बैङकबाट काठमाडौं आएको गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन बरामद गरिएको छ।

