
भैरहवा, २३माघ । रुपन्देही जिल्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्ध एचपिभीको खोप पहिलो दिन ७ हजार ४ सय ६५ जनालाई लगाइएको छ ।
जिल्लामा पहिलो चरणमा माघ २२ देखि २७ गतेसम्म र दोस्रो चरणमा फागुन १ देखि फागुन ७ गतेसम्म खोप अभियान संचालन हुनेछ । जसअनुसार पहिलो चरणमा आठवटा पालिकामा पहिलो दिन ७ हजार ४ सय ६५ जनालाइ खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

मंगलबारबाट देशभर खोप लगाउन सुरु गरिएको छ । रुपन्देहीमा पहिलो चरणमा ३१ हजार ९ सय ९५ जनालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणी ज्ञवालीले बताए ।
रुपन्देहीमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको उपस्थितीमा मायादेवी-८ मा रहेको श्री जनचेतना माविबाट खोप अभियान सुरु गरिएको हो । स्वास्थ्य कार्यालयले पालिकाको समन्वयमा दुई चरणमा गरी ५८ हजार ८ सय ९८ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ ।

