
भैरहवा, २४ माघ। नेपालको स्थानीय बजारमा बिहीवार पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीवार १ हजार ६०० सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ।
बुधबार प्रतितोला १ लाख ६६ हजार ९०० मा कारोबार भएको थियो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै बिहीवार चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ९८० तोकिएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९७५ मा कारोबार भएकोमा बिहीवार प्रतितोला पाँच रुपैयाँले बढेको छ।
कमेन्ट गर्नुस्

