


काठमाडौं, २४माघ । प्रहरीले हनी ट्रयाप संलग्न आरोपमा एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ८ घर भई काठमाडौं महानगरपालिका १३ कुलेश्वरको २८ वर्षीया अस्मिता आचार्य रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार इलेक्ट्रिक सामान मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिने भन्दै पीडितसँग रकम असुली गरेको सूचना प्राप्त भएपछि युवतीलाई पक्राउ गरिएको हो ।

उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

