
सिरहा, २५ माघ। प्रहरीले नेपाल विद्युत प्राधिकरण सिरहा शाखामा कार्यरत कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार राईलाई जबरजस्ती करणी (बलात्कार) र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुरको मुद्दामा पक्राउ गरिएको हो ।
Advertisement

Advertisement
Advertisement

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। जसअनुसार राईलाई पक्राउ गरेर साइबर ब्यूरो काठमाडौं पठाइएको डीएसपी पासवानले बताए ।

