


जनकपुरधाम, २५ माघ। प्रहरीले महोत्तरीमा ६ क्विन्टल गाँजा बरामद गरेको छ । साथै, गाँजा बरामद गरिएको ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्दा ६ क्विन्टल चार किलो गाँजा बरामद भएको फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलाल जैसवारले बताए।

ट्रकका चालकउदयपुरको कटारी नगरपालिका–१ का गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

