
दार्चुला, २८ माघ । भारतको प्रयागराजमा आयोजित कुम्भमेलामा सहभागी हुन जाँदै गरेका मालिकार्जुन गाँउपालिकामा कार्यरत एक कर्मचारीको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
मालिकार्जुन गाउपालिका–५ डाडाकोट निवासी गाँउपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश अवस्थीको लखनऊमा सवारी दुर्घटनामा मृत्यु भएको मालिकार्जुन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए ।
Advertisement

Advertisement
Advertisement

आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएपछि चिक्तसकले मृत घोषणा गरेको पारिवारिक स्रोतले बताएको छ। कर्मचारीको मृत्यु भएपछि सोमबार गाँउपालिकामा शोक बिदा दिइएको छ।

