


दाङ, २८ माघ । जिल्ला प्रहरी कार्यालय दाङले करिब आधा किलो सुन र १ लाख रुपैयाँबढी नगदसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ मिलन चोकका २५ वर्षीय रञ्जित रसाइली रहेको प्रहरीले जनाएको छ।
दाङ प्रहरीका प्रवक्ता एवं डीएसपी चक्रबहादुर शाहका अनुसार सुनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लु ४६ प ६१६१ नम्बरको मोटरसाइकल खोजतलास गर्दा घोराही १५ ट्राफिक चोकमा रहेका रसाइलीलाई फेला पारी खानतलासी गर्दा २ वटा सिक्री, १ वटा सुनको ढिक्का र १ लाख ७ हजार ८०० रुपैयाँ नगद बरामद भएको हो ।

उक्त सुनको तौल ४९७.०४ ग्राम रहेको र रसाइलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।

