
भैरहवा, २८ माघ । सुनको मूल्य प्रतितोलामा १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ।अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।
यस्तै चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी सोमबार १९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कमेन्ट गर्नुस्

