
भैरहवा, ७ फागुन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय २५ ग्राम सुन बरामद भएको छ ।मंगलबार दिउँसो विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्धार नजिकै महिला शौचालयबाट वेवारिसे अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जर्नादन जिसीका अनुसार रियाज अहमद नाउको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको दुई वटा २५ ग्राम र एक सय ग्रामको बिलसहित सुन जस्तो देखिने पहेलो रंगको धातुले बनेको दुई थान सिक्री बरामद भएको हो ।
Advertisement

Advertisement
Advertisement

बरामद सिक्री आवश्यक कार्यवाहीको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको उनले बताए । यस अघि भैरहव विमानस्थलमा कार्यरत प्रहरी नै सुनसहित पक्राउ परेका थिए ।

