
भैरहवा, ९ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले कृषकलाई ५० प्रतिशत अनुदानमा प्राङ्गारिक मल बितरण सुरु गरेको छ। पालिकाले खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि त्यसलाई कम गर्न कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण सुरु गरेको जनाएको छ।
सायनिक मलको प्रयोगले उब्जाउ कम हुने, कतिपय स्थानमा खेती नै नहुने समस्या कम गरी उर्वराशक्ति ह्रास हुन नदिन तथा माटोलाई मर्न नदिन, अम्लियपन बढ्नबाट रोक्न र उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग बढाउने उदेश्यले अनुदानमा प्राङ्गारिक मल बितरण सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

उनले किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा पिएच मानसँगै नाईट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून हुने हुँदा प्राङ्गारिक मललाई प्रोत्साहन गरिएको बताए ।
बितरण थालिएको उक्त मल कौसी खेती, करेसाबारी, फलफुलका बिरुवाहरुमा बढी लाभदायी हुने नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले बताए। उनका अनुसार पहिलो चरणमा पालिकाले सात सय ७२ बोरा प्राङ्गारिक मल बितरण गर्नेछ । २५ किलोको एक बोरालाई बजारमा प्रतिकिलो ३२ रुपैयाँ पर्दछ। पालिकाले कृषकलाई १६ रुपैया प्रतिकिलोमा वितरण सुरु गरेको बताइएको छ।

