
भैरहवा, ९ फागुन । नेपालमा गत माघ महिनामा ४ सय ७८ वटा आगलागीका घटना भएका छन् । जसमा २२ जना मृत्यु र ८७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुुसार माघ महिनामा लुम्बिनी प्रदेशमा ६३ वटा आगलागीका घटना भएका छन् । त्यस्तै सूदुरपश्चिम प्रदेशमा ४७, कर्णालीमा ३२, गण्डकीमा ३९, काठमाण्डौ उपत्यकामा ३७, बागमतीमा ४२, मधेसमा ८९ र कोशी प्रदेशमा सबैभन्दा बढी १२९ वटा आगलागीका घटना भएका छन् । यी घटनामा ६८ वटा घर, ६६ वटा गोठ जलेका छने भने १७ जना विस्थापित भएका छन् । २४७ वठा पुशचौपाया पनि क्षति पुगेको छ ।
Advertisement

Advertisement
Advertisement

नियन्त्रणका लागि तीन हजार पाँच सय तीन प्रहरी परिचालन भएको आगलागीका घटनामा करिब १८ करोड ४८ लाख ८१ हजार बढी रुपैयाँको क्षति भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

