


धनगढी,१८ फागुन। बैतडीमा गोली प्रहार गरेर युवकको हत्या गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ।
गोली प्रहारबाट घाइते भएका विष्टको उपचारका क्रममा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले बताए।

नातामा दाजु पर्ने कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ। घटना पश्चात कर्ण फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएकोले सोही विषयलाई लिएर शनिवार साँझ उनीमाथि गोली प्रहार भएको हुन सक्ने आशंका गरिएको छ ।

