
भैरहवा,१८फागुन । नेपाली कांग्रेसले पार्टीको खम्बाको रुपमा रहेको प्रतिनिधिसभा क्षेत्रिय सभापति तथा क्षेत्रिय प्रशिक्षण शाखा प्रमुखहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गर्ने भएको छ। भैरहवामा फागुन १९ र २० गते संचालन हुने कार्यक्रमको उद्घाटन सभापति एवम पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने बताइएको छ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रममा देशभरका प्रतिनिधिसभा अन्र्तगतका १३० जना क्षेत्रीय सभापति र सोही संख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुख तथा एक वटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेश सभा अन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी कुल ३३० जनाको सहभागीता रहने नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्ण बहादुर खड्काले जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आईतबार भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संयोजक खड्काले कार्यक्रममा पार्टीसंग जोडिएका बिषयहरु, पार्टीका महत्वपूर्ण कामहरु, ०४६ साल पछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधारका कामहरु, मुलुकको संविधान, संघियताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशिल सदस्यताको अभियान, पार्टी संगठनसँग जोडिएका विषयहरु र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रहरुसँग जोडिएका अन्तरसम्बन्धका विषयहरुको बारे प्रस्तुती रहने बताए । यस्तै समसामायीक विषय वस्तुहरुसँग जोडिएका विभिन्न ६ वटा विषयमा प्रस्तुती करण गरी छलफल गरिने छ ।
दोश्रो दिन ७ वटा समूह विभाजन गरी सहभागीहरुले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्या लगायतका बारे छलफल गरि सुझाव संकलन गरिनेछ। अर्को सत्रमा सरकारसँग जोडिएका विषयहरुमा छलफल गरी सुझाव संकलन गरिने कार्यक्रम रहेको खड्काले जानकारी दिए । यसमा सरकारमा सहभागी २ जना मन्त्रीहरुले जानकारी दिने कार्यक्रम तालिका रहेको उनको भनाई छ ।
उनले कांग्रेस मुलुककै पहिलो पार्टी भएको कारण वातावरणिय संरक्षणमा पनि योगदान गर्ने उद्देश्यले माला र खादाको प्रयोग नगर्ने बताए। कार्यक्रममा ब्याच वितरण गरिने छैन भने सकेसम्म कार्यक्रमलाई मितव्ययी बनाउने उनले जनाए ।केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरेको छ।
फरक प्रसंगमा उनले संसदमा पेश भएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित नहुने बताए। पूर्व उपप्रधानमन्त्री समेत रहेका खड्काले संविधानले दिएको अधिकारलाई रक्षा गर्दै सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमन गर्न खोजिएको बताए । त्यस्तै उनले संसदमा रहेका र बाहिर रहेका सबै दलहरुसँग छलफल गरी आवश्यक विषयवस्तुहरुलाई समेटेर संविधान संशोधन गर्ने हुने बताए।

