
भैरहवा,१९ फागुन। रुपन्देहीको भैरहवामा रहेका जिल्ला कारागारलाई स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखक र सिद्धार्थनगर नगरपालिकाका (भैरहवा) मेयर इश्तियाक अहमद खाँबीच भेटवार्ता भएको छ।
बजारमै कारागार हुँदा विभिन्न समस्या भएको तथा नगरको सुन्दरतामा समेत नकारात्मक प्रभाव परेको भन्दै मेयर खाँले सोमबार स्थानान्तरण गर्नका लागि गृहमन्त्री लेखक सँग आग्रह गरेका छन्।
Advertisement

Advertisement
Advertisement

उनले कारागारको जग्गा नगरपालिकालाई दिनुपर्ने र सोको सट्टा नगरपालिकाले कारागारलाइ अन्यत्र जग्गा दिने जानकारी गृहमन्त्रीलाई गराएका थिए।
जवाफमा गृहमन्त्री लेखकले कारागारको नयाँ बन्ने भवनका लागि बजेटको सुनिश्चितता गरेर स्थानान्तरण गर्ने आश्वासन दिए। प्रस्ताव सकारात्मक र समय सापेक्ष रहेको उल्लेख गर्दै उनले भवन निर्माणको लागि आगामी बजेटमा पहल गर्ने जानकारी दिए ।

