
काठमाडौ, २० फागुन । दक्षिणी बोलिभियाको पोटोसी शहरस्थित ओरुरो क्षेत्रमा ट्रक र बस एक आपसमा ठोक्किँदा ३१ जनाको मृत्यु भएको छ।
राजमार्गमा ट्रकले बसलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। जसमा ३१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव निकाल्ने प्रयास भइरहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
Advertisement

Advertisement
Advertisement

यस्तै, दुर्घटनामा परी कम्तीमा २२ जना घाइते भएको रोयटर्सले जनाएको छ। घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको बताएको छ भने दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ। सोही क्षेत्रमा केही दिनअघि दुई बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा पनि यात्रुहरुले ज्यान गुमाएका थिए।
बोलिभियाका राष्ट्रपति लुइस आर्केले दुर्घटनापछि मृतकका परिवार र घाइतेप्रति समवेदना व्यक्त गर्दै दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएका छन्।

