


काठमाडौ, २१ फागुन। अमेरिकामा अवैध रुपमा बस्दै आएका नेपाली नागरिकलाई अमेरिकाले काठमाण्डौं ल्याएर छाडेको छ । अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर विमानमार्फत उनीहरुलाई बिहान करिब दश बजे काठमाडौं विमानस्थलमा ल्याइएको हो ।
निष्कासित भएकाहरुमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रुपमा काम गरिरहेका बेला पक्राउ परेका थिए।

अमेरिकाले पहिलो पटक अवैध आप्रवासी नेपालीहरुलाई चार्टर विमानमार्फत काठमाडौं ल्याएर छाडेको हो। यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एयरलायन्सबाट नेपाल फर्काउने गरेको थियो। स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरुमा आठ नेपाली रहेका छन्।
अवैधानिक आप्रवासी निष्कासन गर्ने अमेरिकाका राष्ट्रपछि डोनाल्ड ट्रम्पको नीति अनुसार उनीहरुलाई नेपाल छोडिएको हो। आप्रवासीहरुलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ।

